Kathmandu Press

लोकगायक खत्रीको पञ्चेबाजा गीत सार्वजनिक

‘विष्णु खत्री’ युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गीतले अहिलेसम्म २५ हजारभन्दा बढी ‘भ्यूज’ बटुलेको छ। सुमधर क्रियशनले उत्पादन गरेको सो गीतमा शब्द र सङ्गीत पनि खत्रीकै रहेको छ। 
लोकगायक खत्रीको पञ्चेबाजा गीत सार्वजनिक

गण्डकी, मंसिर २५ : स्लोकगायक विष्णु खत्री र गायिका सुनिता बुढा क्षेत्रीले स्वर दिएको पञ्चेबाजा गीत ‘बागलुङ कालिकामा’ सार्वजनिक भएको छ।

‘विष्णु खत्री’ युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गीतले अहिलेसम्म २५ हजारभन्दा बढी ‘भ्यूज’ बटुलेको छ। सुमधर क्रियशनले उत्पादन गरेको सो गीतमा शब्द र सङ्गीत पनि खत्रीकै रहेको छ। 

आशिष अविरलको सङ्गीत संयोजन रहेको सो गीतको म्युजिक भिडियोमा कलाकार तुलवीर थापा ‘समर्पण’ र यशु भट्टराईको अभियन रहेको छ। कथा र भिडियो निर्देशन विनम्र खत्रीले गरेका छन्।

गीतमा बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर, गुल्मीको मालिकालगायत पश्चिम नेपालका धार्मिकस्थलको प्रसङ्ग जोडिएको छ। भिडियोमा पनि ती ठाउँका दृश्य कैद गरिएको लोकगायक खत्रीले बताए।

उनका यसअघि ‘जाउँला ढोरपाटन’, ‘मलाई हतार भइसक्यो’, ‘धवलागिरिको’लगायत पञ्चेबाजा गीत सार्वजनिक भएका थिए। लोकगायक खत्रीका पञ्चेबाजा गीतबाहेक ‘भरिया दाइ’, ‘कि लास चाहियो कि लास चाहियो’, ‘जम्मु काश्मिरमा’लगायत गीत पनि चर्चित छन्।

सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालको उपाध्यक्षसमेत रहेका उनी दुई दशकदेखि गीत सिर्जना र गायनमा सक्रिय छन्।

प्रकाशित मिति: १४:२८ बजे, सोमबार, मंसिर २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्