दिगो ढंगले देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक : ओली
---frame-at-2m11s-1702283593.jpg)
सिन्धुपाल्चोक, मंसिर २५ : एमाले अध्यक्ष केपी शर्मा ओलीले दिगो ढंगले देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताएका छन्।
झुलाघाट–चिवाभन्ज्याङ यात्राअन्तर्गत सोमबार सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले मात्रै देशको रक्षा गर्न सक्ने भन्दै अब दिगो ढंगले देशको रक्षा गर्न र समृद्ध मुलुक बनाउन एमालेको एक बहुमतको सरकार आवश्यक रहेको बताएका हुन्।
अध्यक्ष ओलीले आन्तरिक र बाह्य शक्ति मिलेर एमाले पार्टी फुटाउने प्रयास भएको र कमजोर बनाउने षडयन्त्र भए पनि लोकप्रिय पार्टी बन्न सफल भएको धारण राखे।
उनले एमाले सरकारले गरेका कामबाट तर्सेर विभिन्न शक्ति मिलेर एमालेलाई सरकारबाट हटाइएको जिकिर गरे। एमाले सरकारमा भएका बेला गरेका कामले देशमा अरु कुनै वैकल्पिक शक्ति नरहेको स्पष्ट भएको उनले बताए।
उनले एमालेले नाकाबन्दीको सामनादेखि उत्तर दक्षिण सडक लगायतका विकासका काम गरको भन्दै तर्सिनुपर्ने, डराउनुपर्ने र अल्मलिनुपर्ने अवस्था नरहेको उल्लेख गरे।











-(1)-1752494016.png)