सबै महिलालाई डिजिटल प्रविधिमा जोड्नु आवश्यक : उपसभामुख मगर
-1702280217.png)
काठमाडौं, मंसिर २५ : उपसभामुख इन्दिरा राना मगरले महिलाहरुलाई डिजिटल प्रविधिमा जोड्न आवश्यक रहेको बताएकी छन्।
लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सबै महिलाहरुलाई डिजिटल प्रविधिमा जोड्न आवश्यक रहेको भन्दै सरकारले राजनैतिक रुपमा निर्वाचनमा पनि महिलालाई लगानी गर्नुपर्ने बताइन्।
उनले भनिन्, ‘यसपालिको नारी दिवसमा महिलाहरुलाई डिजिटल टेक्नोलोजीमा पहुँच भनेका छौं। त्यो पहाडको कुनाकुनामा पुग्नुपर्यो। हरेक विकट ठाउँमा रहेका महिलाहरुलाई पहुँच पुर्याउन सरकारले व्यवस्था गर्नुपर्छ। महिलालाई सरकारले लगानी गर्नुपर्छ। राजनैतिक रुपमा निर्वाचनमा पनि महिलालाई लगानी गर्नुपर्छ।’
उनले महिला हिंसासँग सम्बन्धित धेरै कानुनहरु बनेको भए पनि अहिलेसम्म एउटा पनि कार्यान्वयन हुन नसकेको गुनासो गरिन्।
उनले भनिन्, ‘सरकार भनेको सम्पूर्ण जनता हो। सबै क्षेत्र सरकार हो। महिला हिंसा सम्बन्धी धेरै कानुन बनेका छन् तर एउटा पनि कार्यान्वयन भएको छैन। आज पनि हामीले चुप लागेर बस्ने हुँदैन। हरेक क्षेत्रबाट आवाज बुलन्द रुपमा उठाउनुपर्छ।’
उपसभामुख मगरले बालबालिकाको क्षेत्रमा बाल संरक्षणका कुनै राम्रो नीतिहरु र विधेयक बन्न नसक्नु दुखद कुरा भएको बताइन्।











-(1)-1752494016.png)