Kathmandu Press

संसदका महासचिव गौतमले दिए राजीनामा, साे पदमा पद्मप्रसाद पाण्डेय सिफारिस

सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ।
संसदका महासचिव गौतमले दिए राजीनामा, साे पदमा पद्मप्रसाद पाण्डेय सिफारिस

काठमाडौं, मंसिर २५ : संघीय संसदका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा पद्मप्रसाद पाण्डेयलाई सिफारिस गरिएको छ।

गौतमले आइतबार राजीनामा बुझाएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट उनको राजीनामा स्वीकृत पनि भइसकेको जनाइएको छ। गौतम २०७७ वैशाखमा संघीय संसदको महासचिव नियुक्त भएका थिए। 

सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ महासचिवका लागि पाण्डेको नाम सिफारिस गरेका छन्। पाण्डेय प्रतिनिधिसभाका सचिव हुन्।

सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ।

प्रकाशित मिति: १२:४१ बजे, सोमबार, मंसिर २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्