Kathmandu Press

१२ कम्पनी कालोसूचीमा

सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिस गरेअनुसार खरिद कार्यालयले गोलबजार–सिराहा ठेगाना रहेको आदर्श कन्स्ट्रक्सन कम्पनीलाई तीन वर्ष कालोसूचीमा राखेको छ।
१२ कम्पनी कालोसूचीमा

काठमाडौं, मंसिर २५ : सरकारले विभिन्न १२ वटा निर्माण तथा आपूर्ति कम्पनीहरुलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीहरुलाई कालोसूचीमा राखेको हो।

सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिस गरेअनुसार खरिद कार्यालयले गोलबजार–सिराहा ठेगाना रहेको आदर्श कन्स्ट्रक्सन कम्पनीलाई तीन वर्ष कालोसूचीमा राखेको छ।

त्यस्तै पोखरा महानगरपालिका–८ कास्कीको त्रिवेणी निर्माण सेवालाई दुई वर्ष कालोसूचीमा राखेको भने नेपालगञ्जको गंगोत्री देवी निर्माण सेवालाई पनि दुई वर्ष कालोसूचीमा राखिएको छ।

पाँचथरको कमल कन्स्ट्रक्सन, बाँकेको अनामिका कन्स्ट्रक्सन, बाँकेकै भावेश कन्स्ट्रक्सन, काठमाडौं, टेकुको ऊर्जा–कृशभ मस्ट जेभीलाई डेढडेढ वर्ष कालोसूचीमा राखिएको छ।

प्रकाशित मिति: ११:३५ बजे, सोमबार, मंसिर २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्