जसपाको कार्यकारिणी समितिको बैठक बस्दै
बैठक राष्ट्रिय सभाको निर्वाचन र केन्द्रीय समिति बैठक एजेण्डा लगायतमा केन्द्रित रहने छ।
काठमाडौं, मंसिर २५ : राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गर्न आज जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ।
बैठक आज बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने जसपाका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए।
बस्नेतका अनुसार, बैठक राष्ट्रिय सभाको निर्वाचन र केन्द्रीय समिति बैठक एजेण्डा लगायतमा केन्द्रित रहने छ।
बैठकमा पार्टीले गत भदौदेखि तीन महिनासम्म सन्चालन गरेको संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा पनि हुने प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए।
प्रकाशित मिति: १०:१२ बजे, सोमबार, मंसिर २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(1)-1752494016.png)