जोगबनीमा नेपाली युवामाथि गोली प्रहार
विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि आइतबार साँझ जोगबनीमा गोली प्रहार भएको हो।
मोरङ, मंसिर २५ : सीमावर्ती बजार जोगबनीमा नेपाली युवामाथि गोली प्रहार भएको छ। नेपाल–भारत सीमा क्षेत्रमा गोली प्रहार हुँदा एक नेपाली युवक घाइते भएका छन् ।
विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि आइतबार साँझ जोगबनीमा गोली प्रहार भएको हो।
भारतीय भूमिमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो । बायाँ तिघ्रामा गोली लागेका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा कक्षमा भइरहेको प्रहरीले जनाएको छ।
उपभोग्य खाद्यवस्तु किनेर सीमावर्ती भारतीय बजार जोगबनीबाट फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको संग्रौलाले बताएका छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ०९:२७ बजे, सोमबार, मंसिर २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(1)-1752494016.png)