Kathmandu Press

साइबर सुरक्षाप्रति सरकार संवेदनशील छ : सञ्चारमन्त्री शर्मा

राष्ट्रिय सुरक्षाकै नयाँ आयाम भएको यसप्रति सरकार गम्भीर र संवेदनशील रहेको उनको भनाइ छ।
साइबर सुरक्षाप्रति सरकार संवेदनशील छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं, मंसिर २४ : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले, साइबर सुरक्षाप्रति सरकार संवेदनशील रहेको बताएकी छिन्।

स्लिङ्टन कलेज काठमाडौंले साइबर सेक्युरिटी र डिजिटल फोरेन्सिक अनुसन्धान गर्ने उद्देश्यले स्थापना गरेको साइबर सेक्युरिटी रिचर्ज हबको उद्घाटन गर्दै मन्त्री शर्माले साइबर सेक्युरिटी सरकारको राष्ट्रिय प्राथमिकतामा रहेको बताइन्।

राष्ट्रिय सुरक्षाकै नयाँ आयाम भएको यसप्रति सरकार गम्भीर र संवेदनशील रहेको उनको भनाइ छ।

‘सूचना र प्रविधिको उच्चतम विकास र प्रयोगसँगै साइबर सुरक्षा निकै महत्वपूर्ण पक्ष बन्दै गएको छ। साइबर स्पेसलाई सुरक्षित गर्नु आज विश्वभरि ठूलो चुनौतीको विषय बन्दै गएको छ,’ मन्त्री शर्माले भनिन्, ‘साइबर स्पेस सुरक्षित गरी व्यक्तिगत डाटा सुरक्षादेखि राष्ट्रिय सार्वभौमिक अक्षुण्ण राख्नेसम्मका कार्य अब महत्वपूर्ण बन्दै गएका छन्।’

साढे दुई करोड लगानीमा स्थापना गरिएको यो साइबर सेक्युरिटी रिसर्च हब नेपालकै पहिलो शैक्षिक अनुसन्धान केन्द्र भएको जनाएको छ। मन्त्रालयमा साइबर सुरक्षा विधेयकको मस्यौदा गर्ने काम भइरहेको जानकारी दिंदै उनले साइबर सुरक्षाका लागि राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको प्रक्रिया पनि अघि बढाइएको बताइन्।

 

प्रकाशित मिति: २०:५० बजे, आइतबार, मंसिर २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्