बागमती प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना
शर्माको काठमाडौंको हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल चावहिलमा उपचार भइरहेको छ।
मकवानपुर, मंसिर २४ : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा भर्ना भएका छन्। शनिबार बिहानदेखि ज्वरो आएपछि शर्मालाई आइनतबार आज अस्पताल भर्ना गरिएको हो।
प्रदेश प्रमुख शर्माका प्रमुख स्वकीय सचिव पारसमणि फुुयाँलका अनुसार शर्माको काठमाडौंको हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल चावहिलमा उपचार भइरहेको छ। स्वास्थ्य परीक्षणका क्रममा उनलाई निमोनिया पनि देखिएको फुयाँलले जानकारी दिए।
उपचारत प्रदेश प्रमुख शर्माको अहिले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको निजी सचिवालयले जनाएको छ। प्रमुख शर्मालाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अस्पतालले जनाएको छ।
प्रकाशित मिति: १८:५१ बजे, आइतबार, मंसिर २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(1)-1752494016.png)