‘सरकार सहभागी काण्डहरुको छानविन हुनुपर्छ’
-1702213108.jpg)
काठमाडौं, मंसिर २४ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस सहभागी सरकारबाट विभिन्न काण्ड भइरहेको भन्दै त्यसको जरोमा पुग्न आवश्यक भएको बताएका छन्।
पार्टी मुख्यालय सानेपामा पार्टीको मुखपत्र ‘नेपाल पुकार’ लोकार्पण कार्यक्रममा उनले अहिले कांग्रेस सहभागी सरकारमाथि नै प्रश्न उठ्ने गरी काण्डमाथि काण्ड थपिएको भन्दै नेपाल पुकारले त्यसको जरोमा पुगेर तत्थ्य बाहिर ल्याउनु पर्ने बताए।
‘हामी सरकारमा छौं, अहिले कुशासनबाट नागरिकहरू आजित छन् । एउटा काण्ड सेलाउन पाएको हुँदैन् अर्को काण्ड आउँछ । अहिले एनसेल काण्ड आयो, यो सेलाउन नपाउँदै अर्को आउँछ,’ महामन्त्री थापाले भने, ‘यी काण्डहरू कुशासन या नियतसँग जोडिएका छन्, हामी सरकारमा भएको बेला यस्ता कुशासनका घटना, काण्डहरू किन भइरहेका् छन्? जरामा के छ ? त्यो बाहिर ल्याउनुपर्छ।’
महामन्त्री थापालेसम्पूर्ण काण्डकोहरुको सत्थ्य तथ्य बाहिर ल्याइनुपर्ने बताए।
कार्यक्रममा थापाले सुशासन कांग्रेसको वाचा मात्रै नभई त्यसैको लागि जन्मिएको पार्टी भएको दाबी गरे। उनले कांग्रेस सरकारमा रहेको, ठूलो दल भएको, कांग्रेसकै अनुसार देश अघि बढिरहेको बेलामा किन कुशासनका घटना भइरहेका छन्? भन्दै पश्न पनि गरे।











-(1)-1752494016.png)