पार्टीलाई राम्रोसँग बुझ्न सके मात्र विभिन्न टीकाटिप्पणीको प्रतिकार गर्न सहज हुन्छ : देउवा
आइतबार पार्टी कार्यालय सानेपामा कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण गर्दै सभापति देउवाले अहिले कांग्रेसप्रति विभिन्न टिकाटिप्पणीका साथै आक्रमण र आलोचना हुन थालेकाले पार्टीलाई राम्रोसंग बुझ्नसकेमात्र त्यसको प्रतिकार गर्न सकिने बताएका हुन्।
काठमाडाैं, मंसिर २४ : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीलाई राम्रोसँग बुझ्नसके मात्र विभिन्न टीकाटिप्पणीको प्रतिकार गर्न सहज हुने बताएका छन्।
आइतबार पार्टी कार्यालय सानेपामा कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण गर्दै सभापति देउवाले अहिले कांग्रेसप्रति विभिन्न टिकाटिप्पणीका साथै आक्रमण र आलोचना हुन थालेकाले पार्टीलाई राम्रोसंग बुझ्नसकेमात्र त्यसको प्रतिकार गर्न सकिने बताएका हुन्।
कांग्रेसलाई जनतामाझ लोकप्रिय बनाउनुमा मुखपत्रहरुको भुमिका महत्वपूर्ण रहेको उनले बताए। सभापति देउवाले पार्टीलाई ग्रासरुटमा पुराएर समर्थन पैदा गर्ने अवस्था सिर्जना गर्नुपर्ने जिकिर गरे।
त्यस्तै कांग्रेस उपसभापति धनराज गुरुङले मुलुकमा सुशासनको खडेरी परेको भन्दै अवको मिसन सुशासन हुनुपर्ने जिकिर गरे। उनले अहिले रोइलो गरेर मात्रै केहि नहुने भन्दै पार्टी सुध्रिन जरुरी रहेको बताए।
त्यस्तै कांग्रेसका महामन्त्री गगन थापाले अहिले नागरिकहरु कुशासनले आजित भएको र एउटा काण्ड सेलाउन नपाउदै अर्को काण्ड आउने गरेको जिकिर गरे। कांग्रेस सरकारमा भएका बेला भइरहेको कुशासनका घटनालाई उजागर गर्नुपर्ने उनले बताए।
त्यस्तै कांग्रेस नेता डा मिनेन्द्र रिजालले अहिले जनताले सुशासनको चाहना गरिरहेको अवस्था कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

-(1)-1752494016.png)