Kathmandu Press

प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा

नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेलले प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा बुझाउनुकाे कारण खुल्न बाँकी रहेकाे जनाइएकाे छ। प्रधानमन्त्री दाहालले २०७९ माघ ९ गते उनलाई प्रमुख राजनीतिक सल्लाहकार बनाएका थिए।
प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा

काठमाडौं, मंसिर २४ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन्। गजुरेलले २० मंसिरमा राजीनामा दिएका हुन्।  तर अहिलेसम्म स्वीकृत भने भइनसकेको जनाइएकाे छ।

नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेलले प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा बुझाउनुकाे कारण खुल्न बाँकी रहेकाे जनाइएकाे छ। प्रधानमन्त्री दाहालले २०७९ माघ ९ गते उनलाई प्रमुख राजनीतिक सल्लाहकार बनाएका थिए।

Hardik ivf

गत मंसिरमा सम्पन्न आम निर्वाचनमा सिन्धुलीबाट आकांक्षा राखेका गजुरेलल प्रतिनिधिसभाको टिकट पाएनन्। त्यहाँ राजन दाहाललाई टिकट दिइएपछि उनी असन्तुष्ट थिए। त्यसपछि दाहालले प्रधानमन्त्री भएपछि उनकाे असन्तुष्टिलाई शान्त पार्न आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए। 

राष्ट्रियसभा चुनाव आउनै लाग्दा गजुरेलले राजीनामा दिएपछि माओवादी केन्द्रलाई अप्ठेराे पर्ने आकलन गरिएकाे छ। 

प्रकाशित मिति: १७:२९ बजे, आइतबार, मंसिर २४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्