Kathmandu Press

महिला माथिको हिंसा अन्त्य गर्न सरकार प्रतिबद्ध छ : मन्त्री आचार्य

उनले मन्त्रालयद्धारा सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट ग्रामीण विपन्न महिलाको आर्थिक तथा सामाजिक सशक्तिकरणका लागि महिलालाई रोजगार, स्वरोजगार र उद्यमशिलताउन्मुख गराउन सहयोग पुर्याउने गरी कार्यक्रमहरु सञ्चालित गरेको जानकारी दिए। 
महिला माथिको हिंसा अन्त्य गर्न सरकार प्रतिबद्ध छ : मन्त्री आचार्य

काठमाडौं, मंसिर २४ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलाहरुको हक अधिकार सुनिश्चित गरी पूर्ण रुपले हिंसा अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। 

आइतबार काठमाडौंमा राष्ट्रिय मानव अधिकार आयोगद्धारा आयोजित लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम तथा ‘खबर गरौं ११४५ हेल्पलाइन सेवा’ छैठौं वार्षिकोत्सव समारोहमा बोल्दै उनले महिलाहरुको हक अधिकार सुनिश्चित गर्न हिंसा तथा विभेदलाई शून्य सहनशिलताको नीतिले पूर्ण रुपले अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्। 

उनले भने, ‘माहिलामाथि हुने हिंसा र विभेदलाई शून्य सहनशिलताको नीतिले पूर्ण रुपले अन्त्य गर्न सरकार प्रतिबद्ध छ। लैङ्गिक समानता कायम गर्ने सन्दर्भमा बिभिन्न नीतिगत, कानूनी तथा संरचनागत व्यवस्था भएका छन्। हिंसामा परेका पीडित तथा प्रभावितहरुका लागि उचित क्षतिपूर्ति, पीडकलाई दण्ड र कारबाही गर्ने व्यवस्था कानूनमा छ।’

उनले मन्त्रालयद्धारा सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट ग्रामीण विपन्न महिलाको आर्थिक तथा सामाजिक सशक्तिकरणका लागि महिलालाई रोजगार, स्वरोजगार र उद्यमशिलताउन्मुख गराउन सहयोग पुर्याउने गरी कार्यक्रमहरु सञ्चालित गरेको जानकारी दिए। 

उनले भने, ‘मन्त्रालयद्वारा सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट ग्रामीण विपन्न महिलाको आर्थिक तथा सामाजिक सशक्तिकरणका लागि महिलालाई रोजगार, स्वरोजगार र उद्यमशिलताउन्मुख गराउन वित्तीय पहुँच, प्रविधि सहयोग र टेवा पुर्याउन पुँजी तथा जीविकोपार्जन सहयोग पुर्याउने गरी कार्यक्रमहरु सञ्चालित छन्।’
 
प्रकाशित मिति: १७:१३ बजे, आइतबार, मंसिर २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्