Kathmandu Press

परराष्ट्रमन्त्री साउद र कतारस्थित विदेश राज्यमन्त्री अल खुलाईफीबीच भेटवार्ता

आइतबार भएको भेटमा परराष्ट्रमन्त्री साउदले प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका विपीन जोशीको छिट्टै रिहाइका निम्ति कतारलाई सहजीकरण गर्न अनुरोध गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री साउद र कतारस्थित विदेश राज्यमन्त्री अल खुलाईफीबीच भेटवार्ता

काठमाडौं, मंसिर २४ : कतार भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद र त्यहाँस्थित  विदेश राज्यमन्त्री डा.मोहम्मद बिन अब्दुलअजीज अल खुलाईफीबीच भेटवार्ता भएको छ।

आइतबार भएको भेटमा परराष्ट्रमन्त्री साउदले प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका विपीन जोशीको छिट्टै रिहाइका निम्ति कतारलाई सहजीकरण गर्न अनुरोध गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भेटमा विदेश राज्यमन्त्रीले नेपाली नागरिक जोशीको रिहाइका निम्ति कतार सरकारले प्रयास जारी राखेको जानकारी गराएका थिए। जोशीको बिषयमा गत शुक्रबार पनि परराष्ट्रमन्त्री साउदले इजरायली अधिकारीसँग टेलिफोन संवाद गरेका थिए। 

मन्त्री साउदले हराएका तथा बन्धक बनाइएका व्यक्तिहरुको संयोजक गल हिर्ससँग टेलिफोन छलफल गरेका हुन्। मन्त्री साउदले हमासले बन्धक बनाएका नेपाली नागरिक जोशीको बारेमा हिर्ससँग छलफल गरी मुक्त गर्न पहलकदमीका लागि आग्रह गरेका थिए। 
 
प्रकाशित मिति: १६:५० बजे, आइतबार, मंसिर २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्