Kathmandu Press

प्रविधिको विकासले सामाजिक र सांस्कृतिक मूल्य मान्यतामा चुनौती थपियाे : प्रधानमन्त्री

प्रविधिको विकासले सामाजिक र सांस्कृतिक मूल्य मान्यतामा चुनौती थपियाे : प्रधानमन्त्री

काठमाडौं, मंसिर २४ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रविधिको विकासले सामाजिक र सांस्कृतिक मूल्य मान्यतामा चुनौती थपिएको बताएका छन्।

मानव अधिकार दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आइतबार शितल निवासमा आयोजना गरेको र्काक्रममा प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधिको विकासले मानव समाजलाई थप सहज र सरल बनाएको भए पनि प्रविधिको असमान विकासले यसको पहुँच र प्रयोगमा विभेद सिर्जना गरेको र चूनौति पनि थपिएको बताएका हुन्।

विश्वव्यापीकरण र खुला बजारमा हुने अस्वस्थ प्रतिस्पर्धाका कारण वस्तु र सेवाको उत्पादनदेखि उपभोक्तासम्म पुग्ने आपूर्ति श्रृङ्खलाका विभिन्न चरणमा संलग्न श्रमिक र सीमान्तकृत समुदायको आधारभूत मानव अधिकारको सुनिश्चितताको विषय थप चुनौतीपूर्ण बन्न पुगेको उनले बताए। उनले मानव अधिकारका आधारभूत मूल्य मान्यताहरूलाई वर्तमान समयका समस्या र चुनौतीहरूको सम्बोधन गर्ने अन्तर्राष्ट्रिय समुदायको आपसी सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखेको धारणा राखे।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले राजनीतिक अधिकारको सन्दर्भमा समावेशी प्रतिनिधित्वको नीति सकारात्मक देखिए पनि अर्थपूर्ण सहभागिताको विषय अझै पनि चुनौतीपूर्ण रहेको बताए। मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षाको तेस्रो चक्रमा नेपालले स्वीकार गरेका सिफारिसहरू कार्यान्वयनको चरणमा रहेको उहाले बताए। कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगाएतको उपस्थिति थियो।

प्रकाशित मिति: १६:४९ बजे, आइतबार, मंसिर २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्