प्रस्तावित न्यायाधीशको सुनुवाइ २९ गतेबाट गर्ने निर्णय
समिति वैठकले एक दिनमा दुई जनाको सुनुवाइ गर्ने गरी समय निर्धारण पनि गरेको छ। प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी गर्ने उजुरीकर्ताहरुसँगको छलफलपछि समितिले २१ गतेबाट सुनुवाईको तय गरेको हो।
काठमाडौं, मंसिर २४ : संसदीय सुनुवाइ विशेष समितिको आइतबार बसेको वैठकले सर्वोच्च अदालतका प्रस्तावित ६ जना न्यायाधीशहरूको आउँदो मंसिर २९ गतेबाट सुनुवाई गर्ने तय गरेको छ।
समिति वैठकले एक दिनमा दुई जनाको सुनुवाइ गर्ने गरी समय निर्धारण पनि गरेको छ। प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी गर्ने उजुरीकर्ताहरुसँगको छलफलपछि समितिले २१ गतेबाट सुनुवाईको तय गरेको हो। प्रस्तावित सबै ६ न्यायाधीशमध्ये तीनजनाविरुद्व १० वटा उजुरी परेका छन्।
सुनुवाइ विशेष समितिले १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो। उक्त समय आइतबार सकिएपछि उजुरीकर्तासँग छलफल गरेको थियो।
प्रकाशित मिति: १६:२८ बजे, आइतबार, मंसिर २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(1)-1752494016.png)