Kathmandu Press

परामर्श सेवा विकास ऐनको मस्यौदा चाँडै जारी हुन्छ : मन्त्री ज्वाला

नीति तथा कार्यक्रम र बजेटमा गरेको प्रतिबद्धताहरु लागू गर्दा पूर्वाधार क्षेत्रको विकासले देशमा समृद्धिको ढोका खुल्ने धारणा उनले राखे।
परामर्श सेवा विकास ऐनको मस्यौदा चाँडै जारी हुन्छ : मन्त्री ज्वाला

काठमाडौं, मंसिर २४ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले परामर्श सेवा विकास ऐनको मस्यौदा चाँडै जारी गर्ने प्रतिबद्धता जनाएका छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले परामर्श सेवा विकास ऐनको मस्यौदा तयार भइसकेको जानकारी दिँदै चाँडै जारी गर्ने प्रतिबद्धता जनाएका हुन्। उनले भने, ‘ऐनको मस्यौदा तयार भइसकेको छ। छिट्टै अन्तिम रुप दिइ जारी गर्ने प्रतिबद्धता जनाउँछु।’

नीति तथा कार्यक्रम र बजेटमा गरेको प्रतिबद्धताहरु लागू गर्दा पूर्वाधार क्षेत्रको विकासले देशमा समृद्धिको ढोका खुल्ने धारणा उनले राखे।
 
उनले भने, ‘नीति तथा कार्यक्रममा जे प्रतिबद्धता गरेको छौं र बजेटमा उल्लेख गरेका छौं,  ती प्रतिबद्धताहरु लागू गर्दा पूर्वाधार क्षेत्रको विकासले देशमा समृद्धिको ढोका खुल्छ भन्ने कुरामा कसैको दुईमत छैन।’ मन्त्री ज्वालाले पूर्वाधारको क्षेत्रलाई भरपर्दो गुणस्तरीय र जनता मैत्रीबनाउने कुरामा सबै केन्द्रित भएर लाग्नुपर्ने बताए।
 
प्रकाशित मिति: १६:२० बजे, आइतबार, मंसिर २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्