सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीशविरूद्धका उजुरीकर्तासँग छलफल गरिँदै
समितिमा अहिले उजुरीकर्तासँग छलफल भइरहेको छ। प्रश्तावित न्यायाधीश डा. टेकप्रसाद ढुंगानाविरुद्व उजुरी दिएका नेपाल सरकारका उपसचिव पुष्पप्रसाद गुरागाईंसँग छलफल भइरहेको छ। प्रस्तावित सबै न्यायाधीशविरुद्व गरेर १० वटा उजुरी परेका छन्।
काठमाडौं, मंसिर २४ : सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशहरूको सुनुवाइका क्रममा परेका उजुरीका वपषयमा आइतबार संसदीय सुनुवाइ समितिमा छलफल भएको छ।
समितिमा अहिले उजुरीकर्तासँग छलफल भइरहेको छ। प्रश्तावित न्यायाधीश डा. टेकप्रसाद ढुंगानाविरुद्व उजुरी दिएका नेपाल सरकारका उपसचिव पुष्पप्रसाद गुरागाईंसँग छलफल भइरहेको छ। प्रस्तावित सबै न्यायाधीशविरुद्व गरेर १० वटा उजुरी परेका छन्।
न्यायपरिषद्ले ६ न्यायाधीश सिफारिस गरेकोमा तीनजनाविरुद्ध मात्र उजुरी दर्ता भएको छ। सुनुवाइ विशेष समितिले १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो। उक्त समय आइतबार नै सकिएपछि उजुरीकर्तासँग छलफल गरिएको हो।
प्रश्तावित न्यायधाीश सारंगा सुवेदीका नाममा ६, ढुंगानाका नाममा तीन र अब्दुल अजिज मुसलमानका नाममा एउटा उजुरी परेको छ। उजुरीका बिषयम उजुरीकर्तासँग छलफल सकिएपछि प्रश्तावित न्यायाधीशको संसदीय सुनुवाइ हुनेछ। प्रश्तावित न्यायाधीश महेश शर्मा पौड्याल, सुनील पोखरेल र बालकृष्ण ढकालका नाममा भने कुनै उजुरी परेको छैन। न्याय परिषदको निर्णय अनुरुप गत मंसिर ५ गते उनीहरुलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गर्ने निर्णय भएको थियो।

-(1)-1752494016.png)