एमाले सरकारमा नभएपछि विकास निर्माणमा ढिलासुस्ती हुनु स्वाभाविक : ओली
धेरै कामको सुरुवात गरेपनि वर्तमान सरकारले बिकासको काममा ध्यान केन्द्रीत गर्न नसेकेको आरोप लगाएका हुन्।
नुवाकाेट, मंसिर २४ : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले विकासको काममा ध्यान केन्द्रित गर्न नसकेको आरोप लगाएका छन्।
झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत आइतबार नुवाकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले विकासका धेरै कामको सुरुवात गरेपनि वर्तमान सरकारले विकासको काममा ध्यान केन्द्रीत गर्न नसेकेको आरोप लगाएका हुन्।
उनले टोखा छहरे सुरुङमार्गलगायत रेलमार्गका विषयमा एमाले सरकारले छलफल सुरु गरे पनि अहिले विलम्ब भएको जिकिर गरे।
ओलीले एमाले सरकारमा नभएपछि विकास निर्माणमा ढिलासुस्ती हुनु स्वाभाविक भएको बताए। उनले नेपाल स्वाधिन स्वतन्त्र देश भएकाले आफैंले त्यसको सम्मान गर्नसक्नुपर्नेमा जोड दिए। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएपनि विमान उठाउन सरकार डराइरहेको उनले बताए।
ओलीले नेपालका हितका लागि छिमेकी जुनसुकै राष्ट्रले गर्ने सहयोग लिनुपर्ने धारणा राखे।











-(1)-1752494016.png)