लोसपा अध्यक्ष ठाकुर र नेता महतोबीच विवाद चर्कियो
पार्टी अध्यक्ष ठाकुरले गरेको जिम्मेवारी बाँडफाँटप्रति असन्तुष्टि जनाउँदै महतोले आइतबार डाकिएको केन्द्रीय कार्यसमिति बैठक नै बहिष्कार गरेका छन्।
काठमाडौं, मंसिर २४ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा पार्टी अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोबीच विवाद चर्किएको छ।
पार्टी अध्यक्ष ठाकुरले गरेको जिम्मेवारी बाँडफाँटप्रति असन्तुष्टि जनाउँदै महतोले आइतबार डाकिएको केन्द्रीय कार्यसमिति बैठक नै बहिस्कार गरेका छन्।
अहिले लोसपाको केन्द्रीय कार्य समिति बैठक बबरमहलस्थित कार्की ब्यांक्वेटमा बसिरहेको छ। उक्त बैठकमा महतोसहित उनी पक्षका नेताहरुले पनि बहिस्कार गरेका छन्।
मधेशमा राजनीति गरिरहेका पुराना नेता कार्यकर्तालाई छुटाएर केन्द्रीय समिति विस्तार गरिएको आरोप महतोले लगाएका छन्। ठाकुरले सच्याउन नमानेको पनि महतोले बताएका छन्। राष्ट्रिय सभा चुनाव र संगठन विस्तारबारे लोसपा केन्द्रीय कार्यसमितिमा छलफल हुने जनाइएको छ।
प्रकाशित मिति: १३:५४ बजे, आइतबार, मंसिर २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(1)-1752494016.png)