नक्कली शैक्षिक प्रमाणपत्रधारीको अभियोगमा बस्नेतविरुद्ध मुद्दा
नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा राष्ट्रिय अनुसन्धान विभागमा जागिर खाएको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।
काठमाडौं, मंसिर २४ : राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा राष्ट्रिय अनुसन्धान विभागमा जागिर खाएको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।
अख्तियारको छानविनबाट बस्नेतले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाईस्कुल तहको नक्कली प्रमाणपत्रका आधारमा राष्ट्रिय अनुसन्धान विभागमा जागिर खाएको खुलेको छ।
बस्नेतले सहायक निरीक्षक पदमा नियुक्ति लिई बढुवासमेत भएको दाबीसहित मुद्दा दायर भएको हो। अख्तियारले बस्नेतलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ (१) बमोजिम कैद र जरिवाना गर्न अदालत समक्ष माग दाबी गरको छ।
प्रकाशित मिति: १३:४८ बजे, आइतबार, मंसिर २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(1)-1752494016.png)