तारा एयरको कार्गो उडानका क्रममा आपतकालीन ढोका खस्यो
कार्गो उडानको क्रममा बिहान ९ः३१ मा काठमाडौंबाट ११ सय २६ केजी सामान लिएर जहाज लुक्ला उडेको थियो।
काठमाडौं, मंसिर २४ : काठमाडौंदेखि लुक्ला जाँदै गरेको तारा एयरको आपतकालीन ढोकाको सिसा खसेको छ।
तारा एयरको नाइन एन एएलओ कल साइनको जहाजको आपतकालिन ढोकाको सिसा खसेको हाे। कार्गो उडानको क्रममा बिहान ९ः३१ मा काठमाडौंबाट ११ सय २६ केजी सामान लिएर जहाज लुक्ला उडेको थियो। जहाजको आपतकालीन ढोकाको सिसा बीच रुटमै खसेको थियो।
जहाज लुक्लामा ल्यान्ड गरेर पार्किङमा जाँदा इमर्जेन्सी ढोकामा सिसा नभएको भेटिएपछि मात्र विचमै खसेको थाहा भएको हो। विचमा ढोकाको सिसा कहाँ खस्यो भनेर कसैलाई जानकारी नभएको जनाइएको छ। जहाज भने सुकसल अवतरण भएको थियो।
जहाजमा सामानसहित दुई जना प्यासेन्जर समेत थिए।
प्रकाशित मिति: १३:१३ बजे, आइतबार, मंसिर २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(1)-1752494016.png)