Kathmandu Press

कानुनव्यवसायीका कारण लामिछानेविरुद्धको मुद्दा स्थगित

काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै रहेको उक्त मुद्दामा लोमिछानेका कानुनव्यवसायीबाटै मुद्दा स्थगित भएको हो।
कानुनव्यवसायीका कारण लामिछानेविरुद्धको मुद्दा स्थगित

काठमाडौं, मंसिर २४ : कानुनव्यवसायस्ले नै स्थगित गरेका कारण क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आइतबार पनि सुनुवाइ नहुने भएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै रहेको उक्त मुद्दामा लोमिछानेका कानुनव्यवसायीबाटै मुद्दा स्थगित भएको हो।

कानुन व्यवसायीको सम्मेलनका लागि चितवन जानुपरेकाले मुद्दा स्थगित गर्न कानुनव्यवसायीले जिल्ला अदालतमा निवेदन दिएका छन्। सबै प्रक्रिया पुरा भएकाले आइतबार फैसला सुनाउने तयारी भए पनि कानुनव्यवसायीका कारण संभव हुन सकेन। 
 
प्रकाशित मिति: १३:१० बजे, आइतबार, मंसिर २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्