Kathmandu Press

अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्य

मृत्यु हुनेमा ट्रक चालक नवलपरासी पश्चिम रामग्राम नगरपालिका–१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मी छन्।
अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्य

अर्घाखाँची, मंसिर २४ : अर्घाखाँचीमा शनिबार राित ट्रक दुर्घटना भएको छ। गिटी बोकेको ना ६ ख २७३९ नम्बरको ट्रक शीतगङ्गा नगरपालिका–८ सातमाराको राप्ति पुल नजिकै अनियन्त्रित भई दुर्घटना भएको थियो।

सो दुर्घटनामा चालकसहित दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ट्रक चालक नवलपरासी पश्चिम रामग्राम नगरपालिका–१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मी छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जेनस अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको थियो।

 

प्रकाशित मिति: ०९:३२ बजे, आइतबार, मंसिर २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्