साढे ६ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट इजिप्टका नागरिक पक्राउ
भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले इजिप्टका नागरिक सरिफ मोहमद लासिम साढे ६ किलो सुनसहित पक्राउ गरेको हो।
काठमाडौं, मंसिर २४ : साढे ६ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एकजना पक्राउ परेका छन्।
भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले इजिप्टका नागरिक सरिफ मोहमद लासिम साढे ६ किलो सुनसहित पक्राउ गरेको हो।
विमानस्थलको भन्सार कटिसकेका उनलाई शंकास्पद लागेपछि चेकजाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो। उनी सुनसहित समातिएका इजिप्टका नागरिक फ्लाई दुबईको एफजेड ५७३ विमानमार्फत शनिबार राति ११ः५१ मा काठमाडौं ओर्लिएका थिए।
यूएई हुँदै नेपालमार्फत भारतमा तस्करी हुने सुनमा पनि सुडानी नागरिकको संलग्नता देखिँदै आएको प्रहरीले जनाएको छ।
प्रहरीले इजिप्टका ती नागरिकसँग संलग्न भएको आशंकामा थप दुई सुडानी नागरिकहरुलाई पनि पक्राउ गरेको छ।
बिहीबार राति यही विमानमार्फत आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए।
प्रकाशित मिति: ११:१५ बजे, आइतबार, मंसिर २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(1)-1752494016.png)