Kathmandu Press

एनसेल कार्यालयमा युवाहरुको प्रदर्शन

प्रदर्शनमा सहभागीहरूले छानविनको नाममा नाटकमञ्चन बन्द गर, राज्यको कर छल्न पाईदैन, भ्रष्टाचारीलाई चोख्याउने छानविन समिति मान्दैनौ लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
एनसेल कार्यालयमा युवाहरुको प्रदर्शन

काठमाडौं, मंसिर २३ : स्वतन्त्र युवाहरूको एक समूहले एनसेल कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ।

एनसेलको शेयर खरिदबिक्रीमा चलखेल भएको भन्दै उनीहरुले लैनचौरस्थित एनसेल कार्यालयमा प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले छानविनको नाममा नाटकमञ्चन बन्द गर, राज्यको कर छल्न पाईदैन, भ्रष्टाचारीलाई चोख्याउने छानविन समिति मान्दैनौ लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

त्यस्तै उनीहरुले एनसेल प्रकरणमा ठूला दलका नेताहरुको संलग्नता रहेको समेत आरोप लगाएका थिए।

एनसेलको ८० प्रतिशत शेयर नेपाल बाहिरै बिक्री भएपछि सो बिषयमा सरकारले अनुसन्धान गर्न समिति समेत बनाएको छ। संसदीय समितिले एनसेल सेयर खरिद बिक्रि रोक्न निर्देशन दिइसकेको छ।

प्रकाशित मिति: १७:१७ बजे, शनिबार, मंसिर २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्