Kathmandu Press

समयमा काम सक्ने पद्धति बसालौं, त्यसले विकासलाई गति दिन्छ : प्रधानन्यायाधीश श्रेष्ठ

उनले निर्माणाधीन योजना समयमा सक्न पनि निर्माण कम्पनी र प्राविधिकलाई निर्देशन दिए।
समयमा काम सक्ने पद्धति बसालौं, त्यसले विकासलाई गति दिन्छ : प्रधानन्यायाधीश श्रेष्ठ

बागलुङ, मंसिर २३ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले समयमा काम सक्ने पद्धति बसाल्दा विकासले गति लिने बताएका छन्।

बागलुङमा निर्माणाधीन उच्च अदालतको भवन निरीक्षणपछि उनले समयमा निर्माण कार्य सम्पन्न नहुँदा राज्यको बजेट दुरुपयोग भएको बताए। उनले निर्माणाधीन योजना समयमा सक्न पनि निर्माण कम्पनी र प्राविधिकलाई निर्देशन दिए।

‘ठूला आयोजनाहरू ठेकेदारले अलपत्र पारेको समाचार आउँछन्, समयमा सकेर बोनस खानुस्,’ उनले भने,‘समयमा काम गर्ने पद्दती बसेमा निर्माण कम्पनीप्रति विश्वास बढ्छ।’

तत्कालीन प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले एकवर्ष अघि उच्च अदालत भवनको शिलान्यास गरेका थिए। अहिले निर्माणको ५० प्रतिशत काम सकिएको बताइएको छ।

प्रकाशित मिति: १६:५५ बजे, शनिबार, मंसिर २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्