एमाले सरकारमा आउला कि भनेर सबै आत्तिएका छन् : ओली
कालापानी, लिम्पियाधुरा, र लिपुलेकका बारेमा सरकारले उच्चस्तरीय वार्तामा उठाउन नसकेको पनि ओलीको आरोप छ। उनले अडिनै नसक्ने खालको कमजोरी देखाउनु लज्जाको विषय बताए।
गोरखा, मंसिर २३ : एमाले अध्यक्ष केपी ओलीले एमाले सरकारमा आउला कि भनेर सबै आत्तिएको बताएका छन्।
‘समृद्धिका लागि संकल्प यात्रा’का क्रममा गोरखामा आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै ओलीले लोकतन्त्रमा प्रतिस्पर्धा स्वच्छ हुनुपर्ने बताए। उनले भने, ‘लोकतन्त्रमा प्रतिस्पर्धाको प्रणाली छानेरै ल्याएको हौँ, प्रतिस्पर्धा स्वच्छ हुनपर्छ, प्रतिस्पर्धा कामबाट देखाउन पर्यो।’
एमाले सरकारमा हुँदा पहिला पनि राम्रो काम गरेको फेरि झन राम्रो गर्छ भनेर सबै डराएको उनले बताए। ‘यहाँ त काम गर्यो भने, नाकाबन्दीसँग डटेर सामान गर्यो भने, उत्तरतिरको छिमकीसँग यातायात, पारवहन सम्झौता गर्यो भने, विकासको गतिलाई अघि बढायो भने सबै मिलेर सरकारबाट हटाउँछन्,’ उलने भने, ‘सबैलाई आतंकको विषय के छ भने एमाले सरकारमा आउला, किन आतंक छ भने पहिलेको अनुभव छँदै छ त्योभन्दा बढी जोडले काम गर्दछ, अहिलेभन्दा बढी जोडले काम गर्छ।’
कालापानी, लिम्पियाधुरा, र लिपुलेकका बारेमा सरकारले उच्चस्तरीय वार्तामा उठाउन नसकेको पनि ओलीको आरोप छ। उनले अडिनै नसक्ने खालको कमजोरी देखाउनु लज्जाको विषय बताए।
‘लिम्पियाधुरा, लिपुलेक, कालापानीका कुरा हाम्रा उच्चस्तरीय संवादमा उठ्दैन, योभन्दा गए–गुज्रिएको अवस्था के हुन्छ? योभन्दा देशप्रतिको बेइमानी के हुन्छ? हामी राष्ट्रियताको मामलामा यति धेरै कमजोर हुनु हुँदैन,’ ओलीले भने।
ओलीले आफ्नै जमिनमा बनेको विमानस्थल चलाउन नसक्नु लाजमर्दो भएको पनि बताए। ‘पोखरा विमानस्थलमा चीनबाट मात्र टुरिस्ट लिएर आउ भन्यो भने ८÷१० लाख लिएर आउँछन्,’ उनले भने, ‘लुम्बिनी एयरपोर्टमा बुद्धिस्टहरूको ओइरो लाग्छ, एयरपोट बनेको छ, आफनै जमिनमा बनेको छ, आफ्नै जमिनबाट उडाउने, आफ्नै जमिनमा ल्यान्ड गर्न के समस्या हुन्छ?’











-(1)-1752494016.png)