‘जनतासँग जोड्न सकेमात्र कांग्रेस परिवर्तन हुन्छ’
‘देशलाई सम्हाल्ने लोकतान्त्रिक पार्टी कांग्रेस हो, कांग्रेस परिवर्तन नभई मुलुक परिवर्तन हुन सक्दैन। कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र पार्टी परिवर्तन भएर अगाडि बढ्न सक्छ,’ उनले भने।
काठमाडौं, मंसिर २३ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र परिवर्तन हुने बताएका छन्।
शनिबार चितवन–काठमाडौं प्रजातान्त्रिक संगमको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै नेता काइरालाले पार्टीलाई परिवर्तन गर्दै बलियो बनाउनका लागि जनतामाझ जानुपर्ने बताए।
‘देशलाई सम्हाल्ने लोकतान्त्रिक पार्टी कांग्रेस हो, कांग्रेस परिवर्तन नभई मुलुक परिवर्तन हुन सक्दैन,’ उनले भने, ‘कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र पार्टी परिवर्तन भएर अगाडि बढ्न सक्छ।’
नेता कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा चितवनको महत्त्वपूर्ण भूमिका रहेको बताए। उनले चितवन केही समयदेखि प्रजातान्त्रिक आन्दोलनभन्दा फरक बाटोमा हिँडिरहेको बताए। उनले केन्द्रिय नेतृत्वकै कारण चितवनमा कांग्रेस कमजोर हुँदै गएको बताए।
डा. कोइरालाले कांग्रेस एक्लै चुनाव लडेत्रमात्र बलियो पार्टी बन्ने बताए। उनले भने, ‘जबसम्म हामी एक्लै चुनाव लड्न सक्दैन तबसम्म पार्टी झन्झन् कमजोर हुँदै जान्छौँ।’











-(1)-1752494016.png)