Kathmandu Press

पूर्वी पहाडमा हिमपातसँगै चिसो बढ्यो, जनजीवन प्रभावित

पूर्वी पहाडमा हिमपातसँगै चिसो बढ्यो, जनजीवन प्रभावित

ताप्लेजुङ, मंसिर २३ : मौसममा बदली आएसँगै उच्च पहाडी भेगमा हिमपात सुरु भएको छ। हिमपात भएपछि चिसो बढेर लेकाली क्षेत्रको जनजीवत प्रभावित भएको छ।

ताप्लेजुङको पाथीभरा र आसपास क्षेत्र, इलामको सन्दकपुरलगायत क्षेत्रमा हिमपात भएको हो।

हिमपातपछि चिसो निकै बढेपछि जनजीवन प्रभावित बनेको स्थानीय बताएका छन्। गत बिहीबार दिउँसोदेखि ती क्षेत्रमा हिमपात हुन थालेको हो।

himpat-(2)-1702109242.jpg

३ हजार ६ सय ३६ मिटर उचाइमा रहेको सन्दकपुर क्षेत्र कोशी प्रदेशको प्रमुख पर्यटकीयस्थल मध्येको एक हो। हिमपात भएपछि त्यस क्षेत्रमा घुम्न जाने र हिउँमा खेल्नेहरु आकर्षित हुने गरेका छन्।

ताप्लेजुङको पाथीभरा क्षेत्रमा पनि वर्षा र हिमपात भएपछि तीर्थयात्रुहरु प्रभावित बनेको स्थानीय जीवन खतिवडाले बताए।

मौसम परिवर्तन भइरहेकाले तराई क्षेत्रमा हुस्सु लाग्न थालेको  । दुई दिनयता बेला बेला वर्षा हुने र धुम्म हुने गरेकाले तराईका जिल्लामा पनि चिसो बढेको छ।

himpat-(1)-1702109224.jpg

 

प्रकाशित मिति: १३:५३ बजे, शनिबार, मंसिर २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्