Kathmandu Press

‘भ्रष्टाचार नियन्त्रणमा सरकार प्रयत्नशील छ’

भ्रष्टाचारका कारणहरूको पहिचान गरी त्यसको निवारणका निम्ति सरकारले राज्यका सबै संयन्त्रहरूलाई प्रचलित कानुनबमोजिम परिचालन गरिरहेको उनको भलाई थियो।
‘भ्रष्टाचार नियन्त्रणमा सरकार प्रयत्नशील छ’

काठमाडौं, मंसिर २३ : प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार नियन्त्रणमा सरकारमा सरकार प्रयत्नशील रहेको बताएका छन्।

भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवस, २०८० को अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार आयोजना गरेको कार्यक्रममा उनले सरकारी, सार्वजनिक, निजी क्षेत्र र नागरिक समाजसँगको सहकार्य तथा सहयोगमा भ्रष्टाचारलाई निवारण गर्ने कार्यमा सरकार प्रयत्नशील रहेको बताए।

प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि सरकारले गरिहेको प्रयत्न र परिणाम अपूर्ण रहेको बताउँदै थप कदम चाल्नुपर्ने बताए।

भ्रष्टाचारका कारणहरूको पहिचान गरी त्यसको निवारणका निम्ति सरकारले राज्यका सबै संयन्त्रहरूलाई प्रचलित कानुनबमोजिम परिचालन गरिरहेको उनको भलाई थियो।

उनले भ्रष्टाचार नियन्त्रणमा सकारात्मक परिणाम हासिल हुन थालेका कारण आम नागरिकमा क्रमशः आशाको सञ्चार भएको बताए। उनले भने, ‘यो प्रयत्न र परिणाम पूर्ण छैन । आगामी दिनमा भ्रष्टाचार नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने जिम्मेवारी सरकारसामु छ।’

प्रधानमन्त्री दाहालले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढिरहेको बताए।

निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई कसुरको रूपमा परिभाषित गरी दण्डनीय बनाउन कानुनी व्यवस्था गर्न लागिएको बताउँदै उनले गैरकानुनी ढंगबाट आर्जित सम्पत्ति विदेशबाट पुनः प्राप्तिका लागि कानुनी र संरचनागत प्रबन्ध तयार गरी कार्यान्वयन गर्ने तयारी भइरहेको उल्लेख गरे।

प्रधानमन्त्री दाहालले भ्रष्टाचारको प्रकृतिमा प्रविधिको विकाससँगै जटिलता उत्पन्न हुँदै गएका कारण राज्य चनाखो हुनुपर्ने बताए।

प्रकाशित मिति: ११:४१ बजे, शनिबार, मंसिर २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्