जलवायु परिवर्तनको असर न्यूनीकरणमा अर्थमन्त्रीको जोड
नेपालमा कार्बन उत्सर्जन नगन्य मात्रै भएकाले सन् २०४५ सम्म शुन्यमा झार्ने लक्ष्य लिएपनि अन्य मुलुकका कारण नेपालका हिमाल, पहाडसँगै जनजीवनमा प्रभाव पार्ने अर्थमन्त्री महतको भनाइ थियो।
गण्डकी, मंसिर २३ : अर्थमन्त्री डा. प्रकाशरण महतले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न लाग्नुपर्नेमा जोड दिएका छन्।
पोखरामा आयोजित आठौँ पर्वतीय महोत्सवको उद्घाटन गर्दै उनले जलवायु परिवर्तनका कारण नेपाल जस्ता हिमाल र हिमाली संस्कृतिमा आधारित राष्ट्रहरु संकटमा परिरहेको बताउँदै यसले पार्ने दीर्घकालीन असरप्रति वेलैमा सचेत हुनुपर्ने बताए।
नेपालको हिमाल र हिमाली संस्कृति आफैंमा महत्वपूर्ण भएको बताउँदै अर्थमन्त्री महतले यसलाई पर्यटन प्रवद्र्धनका माध्यमबाट आर्थिक समृद्धिसँग जोड्न सकिने बताए। विश्वव्यापी तापमान वृद्धिमा नेपाल जस्ता देशको भूमिका नरहेको उल्लेख गर्दै उनले विकसित एवम् औद्योगिक राष्ट्रहरुका कारण बढेको तापक्रमले जलवायुमा परिवर्तन आएको बताए।
नेपालमा कार्बन उत्सर्जन नगन्य मात्रै भएकाले सन् २०४५ सम्म शुन्यमा झार्ने लक्ष्य लिएपनि अन्य मुलुकका कारण नेपालका हिमाल, पहाडसँगै जनजीवनमा प्रभाव पार्ने अर्थमन्त्री महतको भनाइ थियो।
जलवायु परिवर्तनकै कारण नेपालले बारम्वार बेमौसमी बाढी पहिरोको सामना गर्नुपरेको उल्लेख गर्दै उहाँले यसका कारण विकास निर्माणमा बढाएको लागतको क्षतिपूर्ति अन्तर्राष्ट्रिय समुदायले तिर्नुपर्ने बताए।
पर्वतीय सङ्ग्रहालयले नेपालको पर्वतीय संस्कृतिको प्रतिनिधित्व गर्दै पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै उनले सङ्ग्रहालय नपुगेसम्म पर्यटकको भ्रमण अधुरो हुने गरी विकास गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याए।
सरकारले पर्यटन, जलविद्युत्, कृषि र आईटीलाई प्रमुख प्राथमिकतामा राखेर अघि बढेको बताउँदै उहाँले ठूला कङ्क्रिट भवन देखाएर होईन हाम्रो मौतिकता प्रस्तुत गरेर पर्यटन प्रवद्र्धन गर्नेतर्पm लाग्नु पर्नेमा जोड दिए।











-(1)-1752494016.png)