Kathmandu Press

‘न्यायपालिकामा सुधारका संकेत देखिन थाले’

आफूले प्रधानन्यायाधीशको पदभार सम्हालेको छोटो अवधिमा सुधारको स्पष्ट संकेत देखिन थालेको दाबी श्रेष्ठको छ।
‘न्यायपालिकामा सुधारका संकेत देखिन थाले’

गोरखा, मंसिर २२ : प्रधानन्याधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकामा सुधारका स्पष्ट संकेत देखिन थालेको बताएका छन्।

जिल्ला अदालत गोरखाको भवन उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै श्रेष्ठले उक्त भनाई राखेका हुन्। आफूले प्रधानन्यायाधीशको पदभार सम्हालेको छोटो अवधिमा सुधारको स्पष्ट संकेत देखिन थालेको दाबी श्रेष्ठको छ।

Hardik ivf

उनले आफू न्यापालिकाका क्षेत्रमा शाखा अधिकृतको रुपमा प्रवेश गरेर उपसचिव, जिल्ला न्यायाधीश, प्रधानन्याधीशको नेतृत्व लिएर बसेका कारण अनुभव लिएर काम गर्ने बताए।

‘यही अनुभवको आधारमा न्यापालिकामा सुधार गर्न सकिन्छ कि भनेर लागिपरेको छु, ठोकुवाका साथ भन्न सक्छु मैले केही महिनामा देखाएका क्रियाकलापले अहिले न्यायपालिका लयमा हिँड्न थालेको अनुभुति भएको छ,’ उनले भने, ‘आन्तरिक र बाहृय वातवरण अनुकलु बनेको छ, न्यायलमा सुधार आवश्यक छ भनेर लागिपरेका छौं।’

अहिले न्यायालय लयमा हिंडेको भनाई प्रधानन्यायाधीश श्रेष्ठको थियो। श्रेष्ठले सर्वोच्च, उच्च र जिल्ला अदालतको कार्यसम्पादन स्तर पनि सन्तोषजनक रहेको बताए।

दुई वर्ष नाघेका मुद्दा शुन्यमा ल्याउने लक्ष्यका साथ अदालतहरु क्रियाशिल रहेको बताउँदै उनले भने, ‘गोरखा अदालतले पनि उत्साहजनक काम गरेको तथ्याङ्कबाट देखिन्छ, आगामी दिनमा हौसलका साथ कार्यसम्पादन गर्नुहुने नै छ।’

 

प्रकाशित मिति: १७:०३ बजे, शुक्रबार, मंसिर २२, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्