Kathmandu Press

कम्युनिस्टसँगको गठबन्धनलाई निरन्तरता दिए कांग्रेस सकिन्छ : कोइराला

नेता काइरालाले डेमोक्रेटिक पार्टीसँग मात्र गठबन्धन हुने भन्दै कम्युनिस्ट पार्टीसँग गठबन्धनलाई अघि बढाए विस्तारै सकिदै जाने बताए।
कम्युनिस्टसँगको गठबन्धनलाई निरन्तरता दिए कांग्रेस सकिन्छ : कोइराला
फाइल तस्बिर।

काठमाडौं, मंसिर २२ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिस्ट पार्टीसँग गठबन्धनलाई निरन्तरता दिए कांग्रेस पार्टी विस्तारै सकिने बताए।

शुक्रबार काठमाडौंमा रीता शाहीद्वारा लिखित चिनारी नामक गजल संग्रह बिमोचन गर्दै नेता काइरालाले डेमोक्रेटिक पार्टीसँग मात्र गठबन्धन हुने भन्दै कम्युनिस्ट पार्टीसँग गठबन्धनलाई अघि बढाए विस्तारै सकिदै जाने बताए।

Hardik ivf

नेता कोइरालाले अहिलेको व्यवस्थामा गठबन्धन आवश्यक भएपनि चूनावपछि मात्रै गठबन्धन गर्नुपर्नेमा जोड दिए। अहिलेको अवस्थामा देश परिवर्तन गर्ने हो भने कांग्रेस परिवर्तन गर्नुपर्ने उनको भनाई थियो।

कांग्रेस लोकतान्त्रीक पार्टी भएकाले वादविवाद हुनु स्वभाविक भएको उनले उल्लेख गरे। कोइरालाले भ्रष्टाचार अन्त्य नगरेसम्म मुलुकमा सुशासन आउन नसक्ने र जनताको निराशालाई आशामा रुपान्तरण गर्न नसक्ने धारणा राखे।

 

प्रकाशित मिति: १६:१४ बजे, शुक्रबार, मंसिर २२, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्