महिलामाथि हुने हिंसा नहटेसम्म समतामूलक समाज बन्दैन : मन्त्री आचार्य
महिलामाथि हुने यस्तो कुप्रथा नहटाएसम्म हाम्रो संविधानले कल्पना गरेको समतामूलक र न्याय पूर्ण समाज सम्भव नभएको उनले बताए।
काठमाडौं, मंसिर २२ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले महिलामाथि हुने हिंसा नहट्सम्म समतामूलक समाज नबन्ने बताएका छन्।
लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानको अवसरमा मानसिक स्वास्थ्य र महिला हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निमार्ण गर्ने संकल्प गरेको मात्रै होईन्, यसलाई कार्यान्वयन गर्न विभिन्न प्रकारका कानूनहरु पनि बताए।
मन्त्री आचार्यले कानुन बनेपनि महिलामाथि हुने, दुरव्यवहार र लैङ्गिक हिंसा हट्न नसकेको बताए।
‘कानूनले वञ्चित गरेको बोक्सि, छाउपडि प्रथा, दाइजो, घरेलु महिला हिंसा जस्ता अमानविय दुरव्यवहारहरु अझै पनि समाजमा कायम हुनु अहिलेको आधुनिक र सभ्यका लागि लज्जाको विषय हो,’ उनले भने, ‘केही कमि आएपनि अझै समाजमा विक्री र विसंगतीहरु कायम रहनु, विडम्बनापूर्ण छ।’
महिलामाथि हुने यस्तो कुप्रथा नहटाएसम्म हाम्रो संविधानले कल्पना गरेको समतामूलक र न्याय पूर्ण समाज सम्भव नभएको उनले बताए। यनले समातामूलक समाज बनाउन सबैजना एकजुट भएर लाग्नु पर्ने बताए।
