Kathmandu Press

‘संक्रमणकालीन न्याय प्रक्रिया टुङ्ग्याउन प्राथमिकतासाथ लागेको छु’

आर्थिक, सामाजिक र राजनीतिक रुपमा पछाडि परेका समुदायलाई अगाडि लैजानको लागि निकै चुनौती र अप्ठ्याराहरु अहिले पनि देखा परिरहेको उनले टिप्पणी गरे ।
‘संक्रमणकालीन न्याय प्रक्रिया टुङ्ग्याउन प्राथमिकतासाथ लागेको छु’

काठमाडौं, मंसिर २२ : सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्याय प्रक्रियालाई टुङ्ग्याउने कुरामा प्राथमिकताका साथ लागिरहेको बताएका छन्।

१५औं मानवअधिकार राष्ट्रिय महाभेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रिया टुङ्ग्याउनका लागि प्राथमिकताका साथ लागेको बताएका हुन्।

Hardik ivf

लामो समयदेखि थाँती रहेको संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुनलाई पूरा गर्न प्राथमिकताका साथ खट्ने, असहमतिको बीचमा रहेका राजनीतिक शक्तिहरुसँग अलगअलग र संयुक्त रुपमा छलफल गरेर टुङ्ग्याउने कुरामा लागिरहेको सभामुख घिमिरेले बताए।

‘लामो समयदेखि थाँती रहेको संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुनलाई पूरा गर्न प्राथमिकताका साथ खट्दै असहमतिको बीचमा रहेका राजनीतिक शक्तिहरु, नेताहरु र पक्षहरुसँग अलगअलग र संयुक्त रुपमा भेटेर छलफल गरी यसलाई टुङ्ग्याउने कुरामा म लागिरहेको छु,’ उनले भने।

आर्थिक, सामाजिक र राजनीतिक रुपमा पछाडि परेका समुदायलाई अगाडि लैजानको लागि निकै चुनौती र अप्ठ्याराहरु अहिले पनि देखा परिरहेको उनले टिप्पणी गरे ।

राजनीतिक अधिकार घोषणा गरेर दिने कुरा सहज भए पनि सामाजिक, आर्थिक र सांस्कृतिक रुपमा अगाडि लैजान निकै समय लगानी गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाई छ।

‘खासगरी आर्थिक, सामाजिक र राजनीतिक रुपमा पछाडि परेका समुदायलाईं अगाडि लैजानका लागि निकै चुनौती र अप्ठ्याराहरु देखा परिरहेका छन्,’ उनले भने, ‘राजनीतिक अधिकार घोषणा गरेर दिने कुरा सहज भए पनि सामाजिक, आर्थिक सांस्कृतिक रुपमा अगाडि लैजान निकै समय लगानी गर्नुपर्ने जरुरी देखिएको छ।’

सभामुख घिमिरेले बालबालिका, महिला र सिमान्तकृत समुदायलाई अझै पनि मानवअधिकार प्राप्त गर्न, न्यूनतम मानव अधिकारसँग सम्बन्धित मौलिक हकहरु प्राप्त गराउने कुरामा चुनौती देखिएकाले यसमा राज्यले ध्यान दिनुपर्ने बताए।

प्रकाशित मिति: १५:५५ बजे, शुक्रबार, मंसिर २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्