राज्य व्यवस्था समितिले मंसिर २७ गते प्रधानसेनापतिलाई छलफलमा बोलायो

काठमाडौं, मंसिर २२ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले फास्ट ट्रयाक, सेनाभित्र देखिएको नक्कली प्रमाणपत्रलगायतका विषयमा छलफल गर्न प्रधानसेनापति प्रभुराम शर्मालाई डाक्ने निर्णय गरेको छ।
समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले प्रधानसेनापतिलाई बोलाएर छलफल गर्ने निर्णय गरेको हो। प्रधानसेनापति शर्मालाई समितिले आगामी मंसिर २७ गतेका लागि छलफलमा बोलाएको छ।
नेपाली सेनाभित्रको नक्कली प्रमाणपत्र विवादमा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई उपयुक्त समयमा बोलाएर छलफल गर्ने निर्णय समेत भएको छ । रक्षामन्त्रीलाई बोलाउने मिति तय हुन बाँकी रहको जनाइएको छ
प्रकाशित मिति: १५:०६ बजे, शुक्रबार, मंसिर २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार