Kathmandu Press

एनसेल विवादमा छलफल गर्न राज्य व्यवस्था समितिले प्रधामन्त्रीलाई बोलायो

मलेसियाली कम्पनी आजियटाले एनसेलको आफ्नो सेयर गैरआवासीय नेपाली सतीशलाल आचार्यलाई बिक्री गरेको जानकारी गराएपछि विवाद उत्पन्न हुँदै आएको छ।
एनसेल विवादमा छलफल गर्न राज्य व्यवस्था समितिले प्रधामन्त्रीलाई बोलायो

काठमाडौं, मंसिर २२ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले एनसेल प्रकरणमा छलफल गर्न मंसिर २५ गते प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर छलफल गर्ने निर्णय गरेको छ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्रीसँग छलफलपछि समिति एउटा निश्कर्षमा पुग्ने भएको छ।

Hardik ivf

मलेसियाली कम्पनी आजियटाले एनसेलको आफ्नो सेयर गैरआवासीय नेपाली सतीशलाल आचार्यलाई बिक्री गरेको जानकारी गराएपछि विवाद उत्पन्न हुँदै आएको छ।

एनसेलको ८० प्रतिशत शेयर स्वामित्व भएको रेनोल्ड होल्डिङ्स नामक कम्पनी सतीशलालको कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई करिब ६ अर्ब नेपाली रुपैयाँमा बिक्री गरेको तथ्य बाहिरिएको थियो।

यता उच्च अदालत पाटनले पनि दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्री गर्ने कार्य तत्कालका लागि रोकेर २५ गते नै मुद्दाका पक्ष विपक्षलाई छलफलमा डाकेको छ। यसअघि संसदको सार्वजनिक लेखा समितिले शेयर खरिदबिक्री रोक्का गर्न सरकारलाई निर्देशन दिएको थियो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समेत छानबिन गर्ने भनेर सूचना निकालेको छ।

 

प्रकाशित मिति: १४:४८ बजे, शुक्रबार, मंसिर २२, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्