लैङ्गिक हिंसा रोक्ने अभियान प्रभावकारी बनाउने मन्त्री बस्नेतको प्रतिबद्धता
‘लैङ्गिक हिंसालाई कसरी रोक्ने, यसका विरुद्धमा कसरी लड्ने भन्ने विषयमा रणनीतिक रुपले मन्त्रालयले तय गरिसकेको छ, यो अभियानमा सहयोग गर्ने नै हो। यसलाई कार्यान्वयन गर्ने काम हामी सबैको हो,’ मन्त्री बस्नेतले भने।
काठमाडौं, मंसिर २२ : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले लैङ्गिक हिंसा रोक्ने अभियानमा प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाएका छन्।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान एवं स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति २०८० सार्वजनिकीकरण तथा अन्तक्रिया कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।
छलफलका क्रममा उनले हिंसा रोक्ने रणनीतिलाई व्यवहारमा उतार्नका लागि आफ्नो भूमिका सकारात्मक मात्र होइन प्रभावकारी समेत हुने बताए।
‘लैङ्गिक हिंसालाई कसरी रोक्ने, यसका विरुद्धमा कसरी लड्ने भन्ने विषयमा रणनीतिक रुपले मन्त्रालयले तय गरिसकेको छ, यो अभियानमा सहयोग गर्ने नै हो। यसलाई कार्यान्वयन गर्ने काम हामी सबैको हो,’ मन्त्री बस्नेतले भने।
भोलिका दिनमा हाम्रा कार्यक्रमहरुलाई प्रभावकारी तरिकाले अगाडि बढाउन सकेनौ भने जति वर्ष काम गरेपनि परिणाम दिन सक्दैनौं, त्यस कारण परिणाम दिन सक्ने हिसाबले काम गर्नुपर्छ।’
६ महिनाभित्रमा स्वास्थ्य मन्त्रालयलाई हेर्न लायकको बनाउने भन्दै उनले भने, ‘यसका लागि पञ्चवर्षीय योजना नै चाहिँदैन । सबै एकताबद्ध भएर अगाडि बढ्नु पर्छ । त्यसका लागि मन्त्रालयले गर्नुपर्ने भूमिकामा कमी रहँदैन।’

-(1)-1752494016.png)