कांग्रेसका चार नेताले लिए समानुपातिक सूचीबाट नाम फिर्ता
कांग्रेस नेता गोपालमान श्रेष्ठ, आनन्द ढुङ्गाना, बालकृष्ण पाण्डे र अब्दुल सतारले सामनुपातिक सूचीबाट नाम फिर्ता लिएका हुन्।
काठमाडौं, मंसिर २२ : प्रतिनिधि सभाको समानुपातिक प्रणालीतर्फ उम्मेदवार रहेका कांग्रेसका चारजना नेताले सूचीबाट नाम फिर्ता लिएका छन्।
कांग्रेस नेता गोपालमान श्रेष्ठ, आनन्द ढुङ्गाना, बालकृष्ण पाण्डे र अब्दुल सतारले सामनुपातिक सूचीबाट नाम फिर्ता लिएका हुन्। कांग्रेसले नाम फिर्ता लिन निर्वाचन आयोगमा सिफारिस गरेको छ।
राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारको आकांक्षी रहेका यी नेताले समानुपातिक सूचीबाट नाम फिर्ता लिएका हुन्।
प्रकाशित मिति: १४:०५ बजे, शुक्रबार, मंसिर २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(1)-1752494016.png)