एमालेबाहेक अरुले देश बनाउन सक्दैन : अध्यक्ष ओली
समृद्ध नेपाल, सुखी नेपाली बनाउन र एमालेको एकल बहुमत र देशको अहिलेको दयनीय अवस्थालाई रोकेर अघि फर्काउन पनि मिसन–०८४ सुरु गरिएको उनले बताए।
कास्की, मंसिर २२ : एमाले अध्यक्ष केपी ओलीले आफ्नो एमाले बाहेक अरुले देश बनाउन नसक्ने बताएका छन्।
एमालेको संकल्प यात्राका क्रममा शुक्रबार पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा नरहेकोसमेत दाबी गरे ।
अध्यक्ष ओलीले सत्ता गठबन्धन नेकपा एमालेको बिरोध गर्ने काममा मात्रै लागेको अरोप लगाए।
‘एमाले देशको सबैभन्दा बढी लोकप्रिय पार्टी हो। त्यसकारण यो पार्टीले प्रतिपक्षमा हुँदा पनि आफ्नो भूमिका खेल्छ। अहिलेका तत्कालिक समस्याहरूको समाधानमा पनि लाग्छौं,’ उनले भने, ‘अर्को कुरा एमालेबाहेक अरु कसैले यो देश बनाउन सक्दैन, त्यो त स्पष्ट भइसक्यो । भएभरका बुद्धि त अहिले गठबन्धन सरकारमा लगाएकै छ नि। हामीबाहेकका अरु त एकजुट भएर लागेकै छन् नि।’
राष्ट्रियताका सन्दर्भमा वर्तमान गठबन्धनले शिर निहुराउने गरेको पनि अध्यक्ष ओलीको आरोप छ। समृद्ध नेपाल, सुखी नेपाली बनाउन र एमालेको एकल बहुमत र देशको अहिलेको दयनीय अवस्थालाई रोकेर अघि फर्काउन पनि मिसन–०८४ सुरु गरिएको उनले बताए।











-(1)-1752494016.png)