विपिन जोशीको परिवारलाई प्रधानमन्त्रीले भने– सकुशल रिहाइका लागि कूटनीतिक प्रयास जारी छ
भेटका क्रममा प्रधानमन्त्रीले विपिनको सकुशल रिहाइका लागि पहल भइरहेको बताएका छन्।
धनगढी, मंसिर २२ : प्रधानमन्त्री पुष्पकमल दाहालले इजरायलमा विद्रोही समूह हमासको कब्जामा रहेका नेपाली विपिन जोशीको परिवारसँग भेटेका छन्।
भेटका क्रममा प्रधानमन्त्रीले विपिनको सकुशल रिहाइका लागि पहल भइरहेको बताएका छन्।
शुक्रबार सुदूरपश्चिम महोत्सवको उद्घाटनका लागि धनगढी पुगेका उनले बिहान धनगढी विमानस्थलमा जोशीका परिवारलाई भेटेका हुन्।
त्यस क्रममा प्रधानमन्त्री दाहालले विपिनको सकुशल रिहाइका लागि अधिकतम कूटनीतिक पहल जारी राखेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा विपिनको छिटो उद्धार गरिदिन परिवारले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।
प्रकाशित मिति: १३:०३ बजे, शुक्रबार, मंसिर २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार