दुई किलो सुनसहित नागढुङ्गाबाट तीन जना पक्राउ
रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च २६९६ नम्बरको स्कार्पियो गाडीबाट उक्त सुन बरामद भएको हो।
काठमाडौं, मंसिर २२ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको घटना सेलाउन नपाउँदै शुक्रबार प्रहरीले दुई किलो अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ।
उपत्यका अरापध अनुसन्धान कार्यालयको टोलीले नागढुंगाबाट सुन बरामद गरेको हो। रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च २६९६ नम्बरको स्कार्पियो गाडीबाट उक्त सुन बरामद भएको हो।
अवैध सुनसहित रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, बिरु तामाङ र सुनिल भुजेल छन् । उनीहरूलाई प्रहरी हिरासतमा लिएर थप अनुसन्धान हुने प्रहरीले जनाएको छ।
बिहीबार राति १४ किलो सुनसहित प्रहरीले गोरखाका चन्द्रबहादुर घलेलाई पक्राउ गरेको थियो।
प्रकाशित मिति: १२:५० बजे, शुक्रबार, मंसिर २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(1)-1752494016.png)