Kathmandu Press

१४ किलो सुन प्रकरणको छानविन गर्न पौडेलको नेतृत्वमा समिति गठन

समिति सदस्यमा प्रहरी नायव उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङ्गाना छन्।
१४ किलो सुन प्रकरणको छानविन गर्न पौडेलको नेतृत्वमा समिति गठन

काठमाडौं, मंसिर २२ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बरामद भएको १४ किलो सुन छानबिन गर्न भन्सार विभागले छानबिन समिति गठन गरेको छ।

विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानवि समिति गठन गरेको हो ।

समिति सदस्यमा प्रहरी नायव उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङ्गाना छन्।

भन्सार विभागको टोलीले विहीबार राती गोरखाका चन्द्र घलेलाई सुनसहित पक्राउ गरी प्रहरी थुनामा राखेको छ।

फ्लाई दुबईको उडान नम्बर एफजेड– ५७३ बाट काठमाडौँ उत्रेका घलेलाई विमानस्थल भन्सारले पक्राउ गरेको थियो। चन्द्र घलेसँगै गोरखाका मीनबहादुर घले पनि पक्राउ परेका छन्।

प्रकाशित मिति: १२:४३ बजे, शुक्रबार, मंसिर २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्