Kathmandu Press

प्रधानमन्त्री दाहाल आज धनगढी जाँदै

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आमजदेखि सुरु हुन लागेको सुदूरपश्चिम महोत्सव महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री दाहाल आज धनगढी जान लागेका हुन्।
प्रधानमन्त्री दाहाल आज धनगढी जाँदै

काठमाडौं, मंसिर २२ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज धनगढी जादैछन्।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आमजदेखि सुरु हुन लागेको सुदूरपश्चिम महोत्सव महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री दाहाल आज धनगढी जान लागेका हुन्।

कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव आज सुरु हुन लागेको छ।

अगामी पुष २ गतेसम्म चल्ने महोत्सवको १७ औँ संस्करण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए।

महोत्सवको शुक्रबार दिउँसो साढे १२ बजे औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल आज साँझ काठमाडौं फर्किने छन्।

प्रकाशित मिति: १०:०५ बजे, शुक्रबार, मंसिर २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्