Kathmandu Press

१४ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट १ जना पक्राउ

प्रहरीले फ्लाइ दुबईको फ्लाइटमा बिहीवार राति काठमाडौं आएका गोरखाका चन्द्र बहादुर घलेलाई पक्राउ गरेको जनाएको छ। उनको साथबाट प्रहरीले २ किलो ग्रामका दरले ७ वठा विस्कुट बरामद गरेको छ।
१४ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट १ जना पक्राउ

काठमाडौं, मंसिर २२ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले फ्लाइ दुबईको फ्लाइटमा बिहीवार राति काठमाडौं आएका गोरखाका चन्द्र बहादुर घलेलाई पक्राउ गरेको जनाएको छ। उनको साथबाट प्रहरीले २ किलो ग्रामका दरले ७ वठा विस्कुट बरामद गरेको छ।  

चन्द्र डेढ हप्ता अघि मात्र दुबई गएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुन तस्करी कै लागि चन्द्र एक वर्षमा ३ पटक दुबई ओहोरदोहोर गरेको प्रहरीले जनाएको छ।

विशेष सुराकीका आधारमा चन्द्रलाई पक्राउ गरेपछि अनुसन्धानका क्रममा उनले मिन बहादुर घलेका लागि सुन ल्याइदिएको बताएपछि मिन बहादुरलाई प्रहरीले धुम्बाराहीबाट पक्राउ गरेको छ।

उनीमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०८:१३ बजे, शुक्रबार, मंसिर २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्