Kathmandu Press

‘संघीयताले देश समृद्ध हुँदै गएको छ’

पार्टीलाई नयाँ तरिकाबाट लैजानुपर्छ भन्ने पार्टी कार्यकर्ताको भावना अनुसार काम गरिरहेको महामन्त्री शर्माले बताए।
‘संघीयताले देश समृद्ध हुँदै गएको छ’

दाङ, मंसिर २२ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संघीयताका कारण देशमा विकास भएको बताएका छन्।

नेपाली कांग्रेस दाङले घोराहीमा पार्टी संगठन तथा अन्य विविध विषयमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भएको बताए।

पार्टीलाई नयाँ तरिकाबाट लैजानुपर्छ भन्ने पार्टी कार्यकर्ताको भावना अनुसार काम गरिरहेको महामन्त्री शर्माले बताए।

‘भ्रष्टाचार नियन्त्रण गर्न कानुन बलियो बनाउनुपर्छ। भ्रष्टाचार निवारण ऐनको आधारमा काम कारबाही गर्नुपर्छ,’ उनले भने, ‘निर्दोषलाई फसाउनु हुँदैन, दोषीलाई उन्मुक्ति दिनुहुँदैन।’

एनसेलले पुँजीगत लाभकर तिर्नुपर्ने उल्लेख बताउँदै महामन्त्री शर्माले त्यसो गर्न नसकेमा सरकारले किन्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: ०७:१५ बजे, शुक्रबार, मंसिर २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्