Kathmandu Press

‘गठबन्धन सरकार लज्जाबोध नभएको सरकार हो’

उनले मुलुकको बिकासका लागि एमालेले काम गर्ने भन्दै नेपालमा सुरुङ मार्गको अवधारणा नै नेकपा एमालेले ल्याएको जिकिर गरे।
‘गठबन्धन सरकार लज्जाबोध नभएको सरकार हो’

बाग्लुङ, मंसिर २१ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान गठबन्धन सरकार लज्जाबोध नभएको सरकार भएको बताएका छन्।

मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा अन्तर्गत बिहीबार बागलुङ सदरमुकाम बागलुङ बजारमा आयोजित सन्देश सभामा बोल्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले देशलाई बन्धक बनाएको र राष्ट्रघाती काम गरेको आरोप समेत लगाए।

उनले सरकारले राष्ट्रघाती काम गरेर विकास रोक्नुको साथै देशेको स्वाधीनता कमजोर बनाएको बताए। अहिलेको सरकार देशको भूमिको बारेमा समेत बोल्न नसक्ने उनले टिप्पणी गरे।

अध्यक्ष ओलीले अहिले राष्ट्रियताको रक्षा गर्न, राष्ट्रलाई आत्मनिर्भर अर्थतन्त्रका साथ अघि बढाउन आवश्यक रहेको उनले बताए। उनले मुलुकको बिकासका लागि एमालेले काम गर्ने भन्दै नेपालमा सुरुङ मार्गको अवधारणा नै नेकपा एमालेले ल्याएको जिकिर गरे।

प्रकाशित मिति: १६:२२ बजे, बिहीबार, मंसिर २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्