Kathmandu Press

एनसेलको शेयर खरिद बिक्री प्रकरण रहस्यमय छ : सभामुख

एनसेलको शेयर खरिद क्रिकी विवादमा बिहीबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको ज्ञापन पत्र बुझेपछि घिमिरेले उक्त धारणा राखेका हुन्।
एनसेलको शेयर खरिद बिक्री प्रकरण रहस्यमय छ : सभामुख
फाइल तस्बिर ।

काठमाडौं, मंसिर २१ : सभामुख देवराज घिमिरेले एनसेलको शेयर खरिद बिक्री प्रकरण रहस्यमय रहेको बताएका छन्। उनले उक्त बिषयमा छानबिन गरिनुपर्ने समेत बताएका छन्।

एनसेलको शेयर खरिद क्रिकी विवादमा बिहीबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको ज्ञापन पत्र बुझेपछि घिमिरेले उक्त धारणा राखेका हुन्। सभामुख घिमिरेले यस बिषयमा संसद गंभिर रहेको समेत बताए।

‘एनसेलको शेयर खरिद–बिक्री प्रकरण रहस्यपूर्ण र अध्ययन अनुसन्धान गर्नैपर्ने रुपमा बाहिर आइरहेको छ। संसद जिम्मेवारीका साथ चासो लिएर अघि बढेको छ,’ घिमिरेले भने, ‘संसद् अहिले स्थगित छ तर संसदीय समितिहरु क्रियाशील रुपमा अघि बढिरहेका छन्।’

घिमिरेले उक्त प्रकरणमा दुई वटा संसदीय समितिले तत्कालै छलफल चलाएको पनि बताए। सरकारसँग स्पष्टीकरण माग गर्ने लगायतका कामहरु संसदीय समितिबाट भइरहेको जानकारी पनि उनले दिए।

सीमहरु नष्ट गर्ने कुराहरु सुनिएको बताउँदै उनले देशको सम्पत्तिमा क्षति हुने भएकाले सबै पक्षलाई विचार गरेर छानबिनबाट निष्कर्ष निकाल्नुपर्ने भनाई उनको थियो।

अनेरास्ववियूले नियमित रुपमा मुनाफा आर्जन गरिरहेको तथा नेपालकै बैंक तथा वित्तीय संस्थाहरुको अरबौंको ऋण लगानी समेत भएको कम्पनीको ८० प्रतिशत शेयरलाई नेपाल दूरसञ्चार प्राधिकरणलाई पूर्व जानकारी नदिई बिक्री गर्नुले पुँजीगत लाभ कर लगायत कर छली गर्ने उद्देश्य राखेको देखिएको ज्ञापनपत्रमा उल्लेख गरेको छ .।

 

प्रकाशित मिति: १६:२० बजे, बिहीबार, मंसिर २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्