उपसचिव गैरेले सचिवालयभित्रै महिला अधिकृतलाई झापड हाने
उपसचिव गैरेले मंगलबार बिहान साढे दश बजे प्रतिवेदनमा आफ्नो नाम नराखेको भन्दै तण्डुकारलाई झापड हानेका थिए।
काठमाडौं, मंसिर २१ : संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले महिला अधिकृतमाथि हातपात गरेका छन्।
उपसचिव गैरेले सचिवालयकै अधिकृत सिर्जना तण्डुकारमाथि हातपात गरेका हुन्। उनले मंगलबार विहान आफुलाई गैरेले झापड हानेको भन्दै उपसभामुख इन्दिरा रानालाई जानकारी गराएकी छन्।
उपसचिव गैरेले मंगलबार बिहान साढे दश बजे प्रतिवेदनमा आफ्नो नाम नराखेको भन्दै तण्डुकारलाई झापड हानेका थिए। गैरेले सचिवालयको सम्पूर्ण विवरण शाखाभित्र छिरेर आफुलाई झापड हानेको गुनासो तण्डुकारले उपसभामुख राना समक्ष पोखेकी छन्।
गैरेले हातपात गरेलगत्तै अधिकृत तण्डुकारको स्वास्थ्य परीक्षण समेत गरिएको थियो। उनको परीक्षणका क्रममा हातपात भएको देखिएको जनाइएको छ।
प्रकाशित मिति: १४:१५ बजे, बिहीबार, मंसिर २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार